कार्यकर्ताले ओगटे मन्त्रालयका कोठा, महत्त्वपूर्ण महाशाखा तितरबितर

कान्तिपुर संवाददाता

काठमाडौँ — वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र उनको निजी सचिवालयले मूल भवनका दुइटा फ्लोर ओगटेपछि मन्त्रालयका महाशाखा अन्यत्र सरेका छन् । मन्त्रीले निजी सचिवालयमा कार्यरत पार्टी कार्यकर्ताका लागि कोठा छुटयाउँदा मन्त्रालयका महत्त्वपूर्ण महाशाखा सिंहदरबारभित्रै तीनतिर बाँडिन पुगेका हुन् ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा शरण लिन पुगेको छ भने जैविक विविधता तथा वातावरण महाशाखाका शाखा प्रमुख र अन्य कर्मचारी पर्यटन मन्त्रालयको भुइँतलामा बसेर काम गर्न बाध्य छन्। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) शाखाका प्रमुख उपसचिव ज्वाला श्रेष्ठलगायत पनि पर्यटन मन्त्रालयको भुइँतलामा बसेर काम गरिरहेका छन्।

Yamaha

जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख सहसचिव यज्ञनाथ दाहाल भने मूल भवनको चौथो तलामा छन्। महाशाखा र शाखा दुईतिर बाँडिँदा पर्यटन मन्त्रालयबाट वन मन्त्रालयको चौथो तलामा फाइलका चाङ ओसार्न अलग्गै कर्मचारी चाहिने भएको छ। जलवायु परिवर्तन महाशाखा प्रमुखको जिम्मेवारी पाएको करिब तीन सातापछि महेश्वर ढकालले यसै सातादेखि कानुन मन्त्रालयको चौथो तलामा बसेर काम थालेका छन्।

जलवायु परिवर्तन महाशाखाअन्तर्गत रहेका शाखा पनि कानुन मन्त्रालयकै तलामा छन्। जलवायु परिवर्तन, अनुकूलन, स्वच्छ ऊर्जा विकास शाखा (सीडीएम) र जलवायु परिवर्तन प्रविधि प्रचार शाखा र उत्सर्जन मापन शाखासमेत कानुन मन्त्रालयकै फ्लोरमा छन्। वातावरण मन्त्रालय वनमै गाँसिएपछि यो महाशाखा वन मन्त्रालयमै आएको हो। विगतमा वातावरण मन्त्रालय रहेको भवनमा प्राकृतिक स्रोतसाधन तथा वित्त आयोग र युवा खेलकुद मन्त्रालय बसेको छ।

वन मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको पहिलो तलामा रहेको बैठक कक्षसमेत भत्काएर मन्त्री बस्नेतले पूरै फ्लोर प्रयोग गरेका छन्। उनको सचिवालयमा पार्टी कार्यकर्ता र निकट व्यक्तिलाई समेत अलग्गै कोठा व्यवस्थापन गर्नुपर्दा महत्त्वपूर्ण शाखा तितरबितर भएको एक अधिकारीले बताए। मन्त्रालय स्रोतले भन्यो, ‘फाइलका चाङ यता र उता ओसार्दै समय खेर गइरहेको छ, यतातिर ध्यान दिइएको छैन।’

महाशाखा प्रमुखले फाइल सदरका लागि सचिवसमक्ष पेस गर्नुपर्ने हुन्छ। राज्यमन्त्रीका लागि बनाइएको भुइँतला भत्काएर बैठक कक्ष बनाइएको छ।

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ १८:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेकपाकी नेतृ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेता उमा भुजेललाई बालाजुबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले भुजेललाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार अहिले भुजेललाई काभ्रे लगिँदै छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविराज खड्काका अनुसार गत वैशाखमा क्रसर उद्योगी कुन्साङ लामाको ट्रिपर र जेनेरेटर जलाएको घटनामा संग्लनता देखिएकाले पक्राउ गरिएको हो।

प्रहरीले यसअघि पनि सोही मुद्दामा सोही पार्टीका नेता खड्गबहादुर विश्वकर्मालाई पनि पक्राउ गरेको थियो। जिप्रका काभ्रेका अनुसार यही घटनामा संग्लन नेकपाका एक दर्जन भन्दा धेरै नेताको संग्लनता देखिएको छ। प्रहरीले घटनामा संग्लन अन्य नेताको पनि खोजी तीव्र पारेको छ।

प्रकाशित : भाद्र १२, २०७५ १८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT