कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूला ठेकेदार र सचिवबीच सेटिङ छ : पूर्व प्रधानमन्त्री दाहाल

रमेशकुमार पौडेल

चितवन — सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाले ठूला निर्माण व्यवसायी (ठेकेदार) र सरकारका सचिवबीच सेटिङ हुने गरेको अाराेप लगाएका छन् । बुधबार भरतपुरमा अायाेजित निर्माण व्यवसायी संघ चितवनकाे २५ अाैं वार्षिक साधरणसभा उद्घाटन कार्यक्रममा नेता दाहालले अाफूले ल्याएका याेजना लत्याउँदै सचिवहरूले अाफ्नै सुर गर्ने गरेकाे बताए ।

ठूला ठेकेदार र सचिवबीच सेटिङ छ : पूर्व प्रधानमन्त्री दाहाल

'पाँच/सातवटा पुल एउटैले अाेगटेकाे छ । समयमा काम पनि गर्दैनन् । यसाे नगराैं प्याकेजमा दिने हैन पार्टपार्ट गरेर दिने नियम बनाउँ भने,' दाहालले सुनाए । सचिवहरूले पहिला हुन्छ भने पनि पछि अाफ्नै सुर गरेकाे दाहालले बताए ।


'मैले भनेकाे हाे तर सफल भइनँ । मानेनन् सचिवहरूले । त्यहाँ त सेटिङ हुँदाे रहेछ सेटिङ । ठेकेदारसँग चट्ट सेटिङ मिलाएकाे हुँदाे रहेछ,' दाहालले भने । एउटैलाई दिँदा काम गरे पनि हुने नगरे पनि हुने नाफा एकलाैटी गर्न पाइने उनले बताए । 'पार्टपार्ट दिए उस्ले भन्दा र राम्राेसँग काम सक्नु पर्छ भन्ने प्रतिस्पर्धा पनि हुने,' दाहाले भने ।


प्रकाशित : भाद्र १३, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?