कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिमस्टेक सम्मेलनः राष्ट्र तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौँ — बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

बिमस्टेक सम्मेलनः राष्ट्र तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए ।

बिहीबारै सुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले पाहुनाहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी भएका छन् ।

दिवाभोजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक र श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना रहेका छन् ।

बिमस्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् ।

प्रकाशित : भाद्र १४, २०७५ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?