कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओली र थाइ समकक्षी प्रायुतबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत व चाबीच शुक्रबार अपरान्ह दुई पक्षीय भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओली र थाइ समकक्षी प्रायुतबीच भेटवार्ता

बिमस्टेक सम्मेलन भाग लिन आएका प्रायुत र ओलीबीच सोल्टीहोटलमा भेटवार्ता भएको हो ।


यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिउँसो ३ बजे भेटवार्ता हुने कार्यक्रम रहेको छ ।


श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासंग शनिबार बिहान भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


यसअघि म्यानमारका राष्ट्रपति विन मिन्ट, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ बाङ्चुङ्संग भेटा वार्ता गरेका थिए ।

प्रकाशित : भाद्र १५, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?