एेन संशाेधन नभएकाे भन्दै चिकित्सक संघद्वारा आन्दोलन घाेषणा

अतुल मिश्र

काठमाडौँ — मुलुकी एेन संशोधनको प्रक्रिया अगाडि नबढाएकाे भन्दै नेपाल चिकित्सक संघले आइतबारदेखि देशव्यापी विरोधका कार्यक्रम संञ्चालन गर्ने निर्णय गरेको छ ।

भदौ १ गते देखि लागू भएको मुलुकी ऐन, मुलुकीअपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ऐनमा सरकारले संशोधनको प्रक्रिया अगाडि नबढाएकोले आकस्मिक बाहेकका सेवासम्म बन्द गर्ने गरीविरोधमा उत्रिएकाे संघले जनाएकाे छ।

Yamaha

‘मन्त्री ज्युहरुसँग भेट्नजाँदा उहाँहरुले तपाईहरुसँग गलत भयो, तपाईहरुको माग जायज छ भन्नुहुन्छ तर व्यवहारमा केही गर्नु भएको देखिएन’, चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले कान्तिपुरसँग भने, ‘सरकार हाम्रो मागप्रति सम्वेदनशील नहुँदा बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हौं।’

उनीहरुले स्वास्थ्य संस्था, चिकित्साकर्मीहरु माथि आक्रमण हातपात गर्नेलाई ‘जेल विदआउट वेल’ को प्रावधानसमेत लागु गर्न माग गर्दै देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेका छन्।

संघले अगामी आइतबार (भदौ १७ गते) देशभरीका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवाबन्द गर्ने निर्णय गरेकोछ।यस्तै चिकित्सकहरुले सोमबार मुलुकभरीको स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने, मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने निर्णय गरेकाे छ।

‘यति हुँदाहुँदै पनि सरकारले हाम्रो कुरा नसुने अगामी शुक्रबारदेखि आकस्मिक बाहेक बहिरंग लगायतका सबै सेवा माग सम्वोधन नभएसम्म बन्द गर्ने निर्णय गरेका छौं’, संघका अध्यक्ष डा.श्रेष्ठले भने।

ऐनमा भएका विवादित दफा, उपदफा संशोधन गर्ने प्रतिबद्धता सरकारवाट जारी भएकोले भदौ १५ गतेसम्म संशोधन प्रक्रियाका लागि आन्दोलन स्थगित गरिएको उनले जनाए।

प्रकाशित : भाद्र १५, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ऐन संशोधन प्रक्रिया अघि नबढाए भदौ १६ देखि देशव्यापी आन्दोलन : चिकित्सक संघ

अतुल मिश्र

काठमाडौँ — सरकारले चिकित्सकसँग सम्बन्धित ऐन संशोधनको प्रक्रिया अगाडि नबढाए भदौ १६ गतेदेखि देशैभरी सञ्चालन गर्ने नेपाल चिकित्सक संघले निर्णय गरेको छ । संघले हालकै अवस्थामा स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने ठहर गर्दै उक्त निर्णय गरेको हो ।

सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई 'अपराधीको शैली'मा व्यवहार गर्नेतर्फ लक्षित भएको आरोप चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठ लगाउँछन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले साउन ३१ गते विज्ञप्तिमार्फत उक्त विवादित दफा तथा उपदफाहरुमा आवश्यकताअनुसार संशोधन गर्ने प्रतिबद्धता गरेकोले भदौ १५ गतेसम्मलाई आन्दोलन स्थगन गरेको समेत डा.श्रेष्ठले उल्लेख गरे ।

प्रकाशित : भाद्र १२, २०७५ २१:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT