कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बिमस्टेक सम्मेलनको समापनपछि भएको द्विपक्षीय भेटवार्ताका क्रममा उनले मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने प्रस्ताव गरेका हुन् । 

मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

बिमस्टेकको मुख्य सहकार्यको विषयमा बुद्ध सर्किटलाई पनि राख्नुपर्ने जोड दिँदै आएको नेपालले लुम्बिनीको प्रवद्र्धनमा काठमाडौं सम्मेलनलाई अवसरका रूपमा उपयोग गरेको छ । सरकारले अतिथि सत्कारका लागि राजधानीका ठाउँठाउँमा बनाएको द्वारमा पनि लुम्बिनीको देशमा स्वागत छ भनी लेखिएको थियो भने उद्घाटन भाषणका बेलामा पनि ओलीले त्यही भनेका थिए ।


जवाफमा मोदीले पनि निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाल र भारतलाई ऐतिहासिक रूपमै धर्म र संस्कृतिले अटुट रूपमा जोडेको बताएका थिए । मोदी र ओलीले नेपाल–भारत सम्बन्धका विविध पाटाहरूको समीक्षा गरी आउने दिनमा अझै प्रगाढ सम्बन्ध विकास गर्ने प्रतिबद्धता जनाएको भारतीय दूतावासले जनाएको छ । त्यसैक्रममा ओलीले उनलाई भ्रमणको निम्तो दिएका हुन् ।

प्रकाशित : भाद्र १५, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?