कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विधान मस्यौदा समितिले काम थाल्यो

काठमाडौँ — कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले काम थालेको छ । कांग्रेसले राज्यको संघीय ढाँचाअनुसार पार्टी संरचना रूपान्तरण गर्न महामन्त्री पूर्णबहादुर खडकाको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा समिति गठन गरेको छ ।

विधान मस्यौदा समितिले काम थाल्यो

समितिले पार्टी संरचना, कार्यविभाजन र अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धी कामका लागि छुट्टाछुट्टै उपसमिति गठन गर्ने निर्णय गरेको छ ।


समितिले एक साताभित्र प्रारम्भिक मस्यौदा तयार पारी छलफलमा ल्याउने तयारी गरेको एक सदस्यले बताए ।


प्रारम्भिक मस्यौदालाई केन्द्रदेखि तल्लो निकायसम्म छलफलमा लैजाने तयारी समितिको छ । समितिले सदस्य रमेश लेखकलाई प्रवक्ता तोकेको छ ।

प्रकाशित : भाद्र १६, २०७५ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?