कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यतीको जहाज धावनमार्गमा चिप्लिँदा पाङ्ग्रा भाँच्चियो, पाँच यात्रु घाइते

सुरज कुँवर

काठमाडौँ — नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति अवतरणपछि धावनमार्गमा चिप्लिएको छ । 

यतीको जहाज धावनमार्गमा चिप्लिँदा पाङ्ग्रा भाँच्चियो, पाँच यात्रु घाइते

त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीका अनुसार जहाजमा रहेका ५ यात्रुलाई साधारण चोट लागेको छ । चालक दल र अरु यात्रुको अवस्था सामान्य छ ।


कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको महाप्रबन्धक क्षत्रीले बताए । अहिले काठमाडौं विमानस्थलको धावनमार्ग राति ८:३५ देखि ४५ मिनेटका लागि बन्द गरिएको छ ।

नेपाल एयरलाइन्सका ग्राहण्ड हेन्डेलिङ कर्मचारीलगायतले जहाज तानेर पार्किङमा ल्याउने कोसिस गरिरहेका छन् ।



हङकङ र बैंगलोरबाट आएका नेपाल वायु सेवा निगमका दुई जहाज र मलेसियाबाट आएको मालिन्दो एयरको जहाज सिमरामाथिको आकाशमा होल्डमा छन् ।


त्यस्तै विमानस्थलबाट उड्ने तयारीमा रहेका ४ जहाज पनि उड्न सकेका छैनन् ।

प्रकाशित : भाद्र १६, २०७५ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?