कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

मेडिकल काउन्सिललाई बुझाए डाक्टरहरुले लाइसेन्स

काठमाडौँ — आन्दोलनरत नेपाल चिकित्सक संघमा आबद्ध डाक्टरहरुले करिब ६ हजार हस्ताक्षर र लाइसेन्स नेपाल काउन्सिललाई बुझाएका छन् । 

मेडिकल काउन्सिललाई बुझाए डाक्टरहरुले लाइसेन्स

संघका अध्यक्ष एवं डा.मुक्तिराम श्रेष्ठको नेतृत्वमा जुलुससहित दर्जनौंको टोली मेडिकल काउन्सिलको कार्यालय बाँसबारी पुगेर कार्यवाहक अध्यक्ष नारायणविक्रम थापालाई एप्रोनसहित लाइसेन्स र हस्ताक्षर बुझाएको हो । चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेका छन् । उनीहरुका आन्दोलनले देशभरका अस्पताल पुग्ने बिरामी मारमा परेका छन् ।


बिरामीको उपचार क्रममा मृत्यु वा कुनै जटिलताले गर्दा थप समस्या भए ज्यानमारासरह सजाय हुने प्रावधान हटाउन चिकित्सक संघले माग गरेको छ । भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् ।


यसैबीच, चिकित्सक संघको आइतबार बसेको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रम समेत सार्वनिक गरेको छ ।


भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने ।

भाद्र १९ गते मंगलबारदेखि आकस्मिकबाहेकका अन्तरंग सेवामा विरामी भर्ना कार्य बन्द गर्ने ।

२० गते बुधबारदेखि आकस्मिक सेवाबाहेकका अन्य अपरेसनहरु बन्द गर्ने ।

२१ गते बिहीबारदेखि आकस्मिक सेवाबाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने ।

२२ गते शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने निर्णय भएको महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भाद्र १७, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?