गाेली प्रहारबाट एक घाइते

सन्तोष सिंह

जनकपुर — धनुषाको लक्ष्मीनियामा अज्ञात समूहको गाोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा लेखपढी व्यवसाय गर्दै आएका लक्ष्मीनिया गाउँपालिका–६ का ३५ वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन।

जनकपुरबाट मोटरसाइकलमा घर जाँदै गर्दा साेमबार राति साढे ९ बजे शर्मामाथि लक्ष्मीनिया बजार नजिकै गोली प्रहार भएको हो। शर्माको पेटमा दायाँ तर्फबाट गोली लागेको छ।

Yamaha

मोटरसाइकलमा चढेर आएका २ जनाको समूहमा रहेका हतियारधारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

शर्मालाई प्रहार गरिएको गोली शरिरबाट पार गर्दै मोटरसाइकलको ट्यांकीमा ठोकिएको थियो। शर्मालाई जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारकालागि काठमाडौं पठाइएको छ।घटना बारेअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Esewa Pasal

प्रकाशित : भाद्र १९, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हात्तीबाट बच्न चिया

कान्तिपुर संवाददाता

बाहुनडाँगी (झापा) — धानबाली होस् कि कोदोबारी । मकैबारीदेखि खरबारीसम्म हात्तीले केही नराख्ने । भएभरको लगानी र श्रम हात्ती आतंकले खेरै जाने भएपछि बाहुनडाँगीका बासिन्दाले नौलो जुक्ति निकाले । अन्नको साटो किसानले चिया खेती रोज्न थाले ।

हात्तीले मन नपराउने र चियाबारीमा पसे पनि खासै नचलाउने भएपछि क्षति रोकिएको छ । ‘हात्तीले चिया खाँदैन । बारीमा पसे पनि तर्केर हिँड्छ,’ कृषकहरू हात्तीबाट बाली जोगाउन चियाप्रति आकर्षित भएको जानकारी दिँदै जिल्ला वन कार्यालयका डीएफओ बोधराज सुवेदी भन्छन् ।

मेची नदी तरेर सीमापारिबाट आउने उद्दण्ड हात्तीले स्थानीय वर्षौंदेखि मारमा छन् । हात्तीले बालीनालीमा क्षति मात्र होइन, सर्वसाधारणको ज्यानै लिएका छन्। अन्नबाली फुल्ने, फल्ने र भित्र्याउने बेलासम्मै हात्तीको रजाइँ हुन्छ ।

आमडाँगीका कृषक हरि अधिकारीले धान खेती हुने जमिनमा चिया लगाएर आम्दानी लिन थालिसकेका छन् । ‘हात्तीले सधैं अन्नबाली सखाप पार्‍यो, कति कराउनु, कहाँ–कहाँ गुहार्नु । पछि मैले चिया खेती सुरु गरें,’ अधिकारी भन्छन्, ‘अहिले ठूलो तनाव हट्यो ।’ उनले करिब ५ बिघा ७ कट्ठा जमिनमा चिया खेती गर्दै आएका छन् ।

हात्तीको वितण्डाबाट आजित भएपछि बाहुनडाँगीका कीर्तिराज भारतीले १० वर्षअघि अन्नबाली मासेर चिया खेती थालेका थिए । करिब ७ बिघा जमिनमा सुरु गरेको चिया अहिले करिब ४० बिघाजति क्षेत्रमा विस्तार गरिएको छ । भारतीलाई पछ्याएर अर्का स्थानीय अर्जुन कार्कीले पनि चिया खेती सुरु गरे । ‘हात्तीकै कारण हामी खेतीको विकल्प खोज्न बाध्य भयौं,’ उनी भन्छन् । अहिले यो क्षेत्रका करिब ३ सय किसान चिया खेतीमा आबद्ध भइसकेका छन् । स्थानीय शुभ चिया किसान सहकारीका अध्यक्ष शमशेरबहादुर खडकाले यस क्षेत्रका अधिकांश किसानले चिया खेती सुरु गरिसकेको बताए ।

सरकारको करिब ८ करोड अनुदानमा किसानको आफ्नै कारखाना पनि बन्दै छ। जिल्ला वन कार्यालयका अनुसार ५ वर्षयता हात्ती आक्रमणमा परी ३५ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । १ हजार ७ भन्दा बढी घरधुरीको अन्नबाली क्षति भएको छ । कार्यालयले यो अवधिमा करिब ३ करोड रुपैयाँ राहत रकम वितरण गरेको छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT