कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असन्तुष्ट समूहको माग वार्ताबाटै समाधान : टोली संयोजक पाण्डेय

माधव अर्याल

पाल्पा — सरकारको उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले मुलुकका सबै विद्रोही समूह र पार्टीसँग वार्ता हुने बताएका छन् । उनले असन्तुष्ट सबै पक्षको माग वार्तामार्फत नै पूरा हुने बताए । 

असन्तुष्ट समूहको माग वार्ताबाटै समाधान : टोली संयोजक पाण्डेय

प्रेस चौतारी र प्रेस सेन्टरले राखेको संयुक्त कार्यक्रममा उनले अब नेपालमा हिंसात्मक विद्रोही पक्ष भन्ने नै नरहने दाबीसमेत गरे ।


‘विद्रोही गतिविधि गर्ने पार्टी र समूहसँग वार्ताका लागि छलफल चलिरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा भयो । अब केही दिनमा त्यसको नतिजा आउने छ ।’


अहिले नेपालमा हिंसात्मक गतिविधि गर्ने मनसायका २३ वटा समूह रहेको उनले बताए । यस्तै गतिविधि गरिरहेका चार समूहसँग छलफल चलिरहेको बताउँदै उनले भने, ‘त्यसको पनि केही दिनमै नतिजा आउने छ ।’


केही समूह हतियार बुझाउन पनि तयार भएको उनको दाबी छ । ‘मुलुकमा हिंसात्मक गतिविधि गर्ने मनसायका अन्यको पनि पहिचान गर्ने प्रयासमै छौ,’ उनले भने, ‘सबैको पहिचान गरी वार्ता हुन्छ ।’ उनले अहिले सबैभन्दा ठूलो संगठनको रूपमा रहेको विप्लव नेतृत्वको नेकपासँग पनि वार्ताको लागि पहल भइरहेको बताए ।

प्रकाशित : भाद्र १९, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?