राजदूत अर्यालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

रासस/याेन्हाप

काठमाडौँ — जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । 

नेपाली दूतावास कायरोका अनुसार राजदूत अर्यालले यही भदौ १७ गते आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

Yamaha


सो अवसरमा राजदूत अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट जोर्डनका राजा हुसेनको सुस्वास्थ्यको कामना गर्दै जोर्डनी जनताको सुख शान्तिको कामना गरेको सन्देशसमेत प्रदान गरेका थिए ।

राजा हुसेनले राजदूत अर्यालको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सृदृढ बन्ने विश्वास व्यक्त गर्दै जोर्डन सरकारका तर्फबाट नेपाल र नेपालीको सुख शान्ति र समृद्धिको कामना गरेका थिए ।

राजदूत अर्याल र त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीसँग भएको छलफलमा नेपाली नागरिकलाई जोर्डन सरकारका तर्फबाट रोजगारीको अवसर उपलब्ध गराउने, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा अगाडि बढाउने लगायतका विषयमा समेत छलफल भएको नेपाली दूतावास कायरोले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०७५ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेकपाका प्रवक्ता विश्वकर्मा फेरि पक्राउ, काठमाडाैंबाट भोजपुर लगियो

देवनारायण साह

मोरङ — सर्वोच्च अदालतको आदेशमा सोमबार रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मालाई भोजपुर लगिएको छ ।

मंगलबार काठमाडौंबाट श्री एयरलायन्सको विमानबाट प्रहरीले विराटनगर हुँदै भोजपुर लगेको हो। विश्वकर्मलाई विराटनगर विमानस्थलबाट सुनसरीसम्म पुर्‍याएको जिल्ला प्रहरी मोरङ प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए।

निर्वाचनताका चुनावी प्रचारप्रसारका क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा पक्राउ गरी कारबाहीका लागि भोजपुर लगिएको प्रहरी स्रोतले जनाएको छ।

नुवाकोट प्रहरीले पक्राउ गरेकोमा त्यसविरुद्ध विरेन्द्र विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले प्रक्रिया नपुर्‍याई थुनामा नराख्न आदेश दिएको थियो। विश्वकर्मालाई अदालतले रिहा गर्न आदेश दिए पनि बारम्बार छाड्दै पक्राउ गरेकोमा गम्भीर चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण समेत गराएको थियो।

यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो। त्यस लगत्तै उनलाई अदालत बाहिर प्रहरीले पुन: पक्राउ गरेको थियो। यस्तै उनलाई विभिन्न मुद्दामा काभ्रे र नुवाकोटको अदालतमा उपस्थित गराउँदा त्यहाँका अदालतले समेत छोड्न आदेश दिँदा समेत उनलाई प्रहरीले छोड्दै पुन: अदालत परिसरबाटै पक्राउ गर्दै आएको छ।

प्रकाशित : भाद्र १९, २०७५ १३:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT