कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सुरु

पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा छलफल हुने

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो ।

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सुरु

निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । बैठकमा पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा छलफल हुनेछ ।


प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त भएपछिको यो पहिलो बैठक हो ।

प्रकाशित : भाद्र २१, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?