कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार 

काठमाडौँ — डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका आर्थिक सम्पादक गोकर्ण अवस्थीलाई प्रदान गरिएको छ । स्वर्गीय हरिहरदेव पन्तको तेस्रो वार्षिक पूण्य स्मृतिका अवसरमा हरिहरदेव पन्त फाउण्डेसनले बिहीबार अवस्थीलाई उक्त पुरस्कार प्रदान गरेको हो । 

कान्तिपुरकर्मी अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार 

मुलुकको आर्थिक विकास तथा विस्तारका लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएकाले अवस्थीलाई पुरस्कारद्वारा सम्मान गरिएको फाउण्डेसनले जनाएको छ ।


यस्तै शैक्षिक उत्कृष्टता पुरस्कार रोशन कर्माचार्य र बिशिका पराजुलीलाई प्रदान गरिएकाे छ । कर्माचार्यले त्रीभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्रमा स्नातकाेत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरेका कारण सम्मानित भएका हुन् । पराजुलीलाई भने त्रीभुवन विश्वविद्यालयबाट ग्रामिण विकास विषयमा स्नातकाेत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले सम्मान गरिएको हो ।


साथै फाउण्डेशनले ७ वटै प्रदेशका उत्कृष्ट लघु उद्यमीहरुलाई पनि पुरस्कृत गरेको छ ।


करिब दुई दशक देखि सक्रिय रुपमा आर्थिक पत्रकारिता गरिरहेका अवस्थी हाल कान्तिपुर दैनिकमा आर्थिक सम्पादकका रुपमा कार्यरत छन् । अवस्थी आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष हुन् ।


नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर एवं नेपालमा पहिलोपटक लघुवित्त सेवा शुरु गरेका पन्तको स्मृति दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।


प्रकाशित : भाद्र २१, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?