कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुकी संहितालाई प्रेस मैत्री बनाउन माग 

काठमाडौंमा पत्रकारहरुको प्रदर्शन 

काठमाडौँ — नेपाल पत्रकार महासंघले मुलुकी(देवानी र फौजदारी) संहिता ऐनमा रहेको कतिपय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानलाई सच्याउनुपर्ने माग राख्दै शुक्रबार सडकमा प्रदर्शन गरेको छ । 

मुलुकी संहितालाई प्रेस मैत्री बनाउन माग 

सरकार तथा सांसदहरुको ध्यानाकर्षण गराउन व्यवस्थापिका संसद बानेश्वर नजिकैको सडकमा गरिएको प्रदर्शनमा पत्रकारहरुले आफ्ना सञ्चार साधनहरुसहित सहभागी भएका थिए ।


भदौ १ गतेबाट कार्यान्वयनमा आएको संहिता संशोधनको माग राख्दै महासंघले सरकार तथा संसदलाई ज्ञापनपत्र बुझाइ सकेको छ ।


महासंघका अध्यक्ष गोविन्द आचार्यले संहितालाई संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गरेका थिए । उनले सरकारले सुनुवाई नगरे पत्रकारहरु थप संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिए ।


संहिताका केही प्रावधानहरुले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीकै आधारमा सरकारले चाहेका बेला सञ्चारकर्मीमाथि गम्भीर अभियोग लगाउन सक्ने अवस्था रहेकाले पत्रकारहरुमा संशय देखिएको छ ।


सडकको धरणा कार्यक्रमका वक्ताहरुले ठूलो लडाईंबाट प्राप्त लोकतन्त्र, पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने काम लोकतान्त्रिक सरकारबाट गरिएकोप्रति आपत्ति जनाएका थिए ।

प्रकाशित : भाद्र २२, २०७५ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?