किशोरी हत्या प्रकरण : छानबिन समिति सदस्यद्वारा राजीनामा

‘मलाई ज्यानको जोखिम पनि देखिएको छ’
भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । 

प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसी ।

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।

Yamaha

उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन्। उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको बताए। ‘म्याद थप भएपछि मैले समितिमा बसिरहन उपयुक्त ठानिनँ,’ केसीले भने, ‘मलाई ज्यानको जोखिम पनि देखिएको छ।’

केसीले १५ दिन म्याद थप्दा कानुनी समस्या समेत आउने विज्ञप्तीमा उल्लेख गरेका छन्। समितिको १५ दिनको म्याद आइतबार समाप्त भएको हो। २५ दिन भन्दा बढी हिरासतमा राख्न नपाइने कानुनी प्रावधानले समयमा प्रतिवेदन पेश नगर्दा अपराधी उम्कन सक्ने प्रबल सम्भावना रहेको विज्ञप्तीमा उल्लेख छ। उनले समितिबाट राजीनामा दिएको कुरा हुलाकमार्फत संयोजक र गृह मन्त्रालयमा पठाएको बताए।

केसीले यस विषयमा छानबिन समितिका संयोजक हरिप्रसाद मैनाली र गृह मन्त्रालयमासमेत जानकारी गराएको बताए।

उनले भदौ १८ मै सरकारसमक्ष जिम्मेवारीबाट हटेको जानकारी दिन निवेदन पेश गरे पनि संयोजकको आग्रह र सल्लाह बमोजिम समितिमा पुन: छानबिनमा संलग्न भएको बताए।

Esewa Pasal

प्रकाशित : भाद्र २५, २०७५ १५:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतीय अभिनेता सिन्हा शाश्वतधाम आउँदै 

नारायण शर्मा

नवलपरासी — भारतीय चर्चित अभिनेता शत्रुघन सिन्हा दुम्कौलीमा रहेको शास्वतधाममा मंगलबार पूजाआजाका लागि आउने भएका छन् । ७२ वर्षीय सिन्हालाई शाश्वतधाममा पूजाआजाका लागि विशेष व्यवस्था मिलाइएको छ । 

काठमाडाैंमा रहेका सिन्हा मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट शास्वतधाम मन्दिरमा आउने तय भएकाले सबै तयारी पूरा भएको चौधरी उद्योगका महाप्रबन्धक मधु पौडेलले जानकारी दिए।

चौधरी फाण्डेसनलले उनको सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरीमा आग्रह गरेको छ। उनले दुम्कौलीस्थित शास्वतधाम मन्दिरमा एक घण्टा विशेष पूजा गर्ने भएका छन्।

उद्योगपति विनोद चौधरीको उद्योग रहेको दुम्कौलीस्थित चौधरी ग्रुप इण्डिस्ट्रियल पार्क हातामा रहेको दक्षिण भारतीय शैलीको एकाम्बरेश्वर महादेव मन्दिर शाश्वतधामका नामले प्रख्यात छ। हिन्दु धर्म अन्तरगतका सबै देवीदेवताको एउटै मन्दिरमा पूजा गर्न सकिने शाश्वतधामको विशेषता हो।

पूजा सकेर उनी चितवनको मेघौलीमा रहेको होटल मेघौली सेराइमा रात बिताउने छन्। भारतको पटनामा जन्मिएका सिन्हा पछिल्लो समय सत्तारुढ भारतीय जनता पार्टीका नेता समेत हुन्। उनी भाजपाबाट २ पटक निर्वाचित सांसद र एक पटक स्वास्थ्य मन्त्री भइसकेका छन्।बुधबार उनको काठमाडाैं फर्कने कार्यक्रम रहेको चौधरी ग्रुपले जानकारी दिएको छ।

प्रकाशित : भाद्र २५, २०७५ १४:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT