कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस पल्टिँदा सहचालकको मृत्यु, ९ घाइते

प्रताप रानामगर

दमौली — तनहुँको डुम्रे बेशीशहर सडक खण्डमा पर्ने भानु ३ तुरतुरेमा सोमबार बस दुर्घटना हुँदा एकजना सहचालकको मृत्यु भएको छ ।

बस पल्टिँदा सहचालकको मृत्यु, ९ घाइते

मृत्यु हुनेमा सहचालक भानु–१ सालबिस्ने बस्ने २७ वर्षीय ज्ञानबहादुर तामाङ्ग रहेको प्रहरीले बताएको छ ।


गम्भिर घाइते तामाङ्गको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भने बसमा सवार ९ जना यात्रु घाइते भएका छन । घाइते यात्रुको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ । डुम्रेबाट बेशिसहर तर्फ जाँदै गरेको ग १ ख ४४४५ नम्वरको बस अनियन्त्रित भई सडकको छेउमा पल्टिएको प्रहरीको भनाई छ ।


प्रकाशित : भाद्र २५, २०७५ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?