कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालय बैठक बुधबार

काठमाडौँ — प्रमुख सत्तारूढ नेकपाले पार्टी एकतालगायत अड्किएका काम अघि बढाउन र सरकारका गतिविधिबारे छलफल गर्न बुधबार सचिवालय बैठक बोलाएको छ ।

नेकपा सचिवालय बैठक बुधबार

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबारका लागि बैठक तय गरेका हुन् ।


दुई अध्यक्षबीच भएको छलफलले सचिवालयको बैठकबाट स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने सहमति भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच तल्लो तहको एकता पूरा भएको छैन । जिल्ला, प्रदेश सबैतिर विवाद छ ।


त्यसैले विवाद मिलाउने गृहकार्यका लागि पनि सचिवालय बस्न लागेको हो ।


प्रकाशित : भाद्र २५, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?