कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि किशोरी बलात्कृत

ललितपुर — राजधानीको कीर्तिपुरमा ११ वर्षे किशोरी बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा महानगरीय प्रहरी परिसर टेकुले कैलाली, घोडाघोडीका २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको छ ।

फेरि किशोरी बलात्कृत

कीर्तिपुरका ११ र १३ वर्षीया किशोरी भदौ २१ गते विद्यालयबाट घर नफर्किई खत्रीको सम्पर्कमा पुगेका थिए । दुवैलाई खत्रीले आफ्नै कोठामा लगेर राखेका थिए । प्रहरीका अनुसार खत्रीले ११ वर्षीयालाई बलात्कार गरेका थिए ।

परिसरका एसएसपी वसन्त लामाका अनुसार खत्रीले १३ वर्षीयालाई बल्खुमा लगेर छोडेको र उनी आफन्तको सम्पर्कमा आएपछि घटनाबारे थाहा भएको हो ।

खत्री वैदेशिक रोजगारीमा जाने सिलसिलामा कीर्तिपुर आएर बसेको जनाउँदै लामाले भने, ‘थप अनुसन्धान भइरहेको छ । दुवैजनाको मेडिकल रिपोर्ट आउन बाँकी छ ।’

प्रकाशित : भाद्र २६, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?