संविधान दिवसको विरोध गर्न राजपाको केन्द्रीय सकूर्लर

अजित तिवारी

जनकपुर — संघिय (केन्द्रीय) सरकारलाई समर्थन र प्रदेश २ मा आफ्नै सरकार बनाएको मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

फाइल तस्बिर

राजपाले असोज ३ गते संविधान दिवसको दिन विरोध प्रदर्शन र विरोध सभा, त्यहि दिन साँझ ७ बजेदेखि ७:१५ बजेसम्म बल्याक आउट र विरोधका अन्य कार्यक्रम तय गर्ने अधिकार दिँदै आफ्ना सबै जिल्ला कमिटीलाई मंगलबार पत्राचार गरेको छ ।

Yamaha


राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हस्ताक्षर रहेको त्यो पत्र अन्यन्तै गोप्य राखिएको छ । त्यही संविधान टेकेर तीन तहको निर्वाचनमा सहभागि भएका राजपाको प्रदेश २ मा गठबन्धनको सरकार छ । संघिय समाजवादी फोरमसँग मिलेर उसले प्रदेश २ मा सरकार बनाएको छ ।

राजपाले संघिय सरकारलाई पनि समर्थन गरेको छ । सोमबार र मंगलबार दुई दिन बसेको राजपाको अध्यक्ष मण्डलको बैठक गरेको ११ बुँदे निर्णय लेखिएको सर्कूलर जिल्ला कमिटीलाई पठाइएको छ ।

११ औं बुँदामा ‘असोज ३ गते मधेसी बिरोधी संविधान जारी गरेकोले त्यो दिन बिभिन्न बिरोधका कार्यक्रमहरु गरी बिरोध दिवस मनाउन’ उल्लेख गरिएको छ । राजपाले संविधान जारी भएको असोज ३ गतेलाई यसअघि कालो दिवस भनेर बिरोध जनाउँथे । यसपाली बिरोध दिवस भनेका छन् ।

‘हामीले सडकबाटै असन्तुष्टि राखिरहँदा पनि असोज ३ गते जबरजस्ती संविधान जारी भयो,’ राजपाका केन्द्रीय प्रवक्ता कृष्णा सिंहले भने, ‘हाम्रा असन्तुष्टि सुन्नसम्म चाहेनन्, बरु गोली ठोके । त्यसैले संविधान दिवसको दिन हामी कुनै न कुनै रुपमा विरोध जनाउने छौं ।’

प्रवक्ता सिंहले राजपाको अध्यक्ष मण्डलको गोप्य सर्कूलरबारे आफूलाई जानकारी नरहेको दाबी गरे ।

Esewa Pasal

प्रकाशित : भाद्र २६, २०७५ १८:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'विष्टको डीएनए निर्मलाबाट लिइएको नमुनामा भेटिएको डीएनएसँग मेल खाएन'

किशोरी बलात्कार र हत्या प्रकरण : विष्ट र बम दिदी-बहिनीलाई छोडियो
भवानी भट्ट, स्वरूप आचार्य

कञ्चनपुर — २४ दिनअघि पक्राउ गरी घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका दीलिप विष्टलाई प्रहरीले जिम्मा जमानीमा छाडेको छ । 

निर्मलाको योनीबाट लिइएको 'स्वाब'को डीएनए परिक्षण आरोपी विष्टको डिएनए परीक्षणको रिपोर्टसँग मेल नखाएपछि मुद्दा चलाउने यथेश्ट प्रमाण नभेटिएको भन्दै सरकारी वकिलको राय अनुसार मंगलबार उनलाई आवश्यक परे उपस्थित हुने गरी छाडिएको हो।

विष्टसँगै भदौ ७ गते पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबितालाई पनि छाडिएको छ। रोशनीलाई जिम्मा जमानीमा र बबितालाई ३० हजार धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले बताए। विष्टलाई उनका दाइ खडकको जिम्मा लगाइएको हो भने बम दिदी–बहिनीलाई बुवा नरेन्द्रको जिम्मा लगाएर छाडिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेष थापाका अनुसार निर्मलाको योनीबाट डीएनए परिक्षणका लागि लिइएको 'भजाइनल स्वाब'को नेपाल प्रहरीको विधि विज्ञानप्रयोगशालामा परिक्षण गर्दा विष्टको डीएनएसँग मिलेको देखिएन।

'हामीले स्वाबको परिक्षणका क्रममा भेटेको डीएनए दीलिप विष्टसँग म्याच भएन,' उनले भने, 'दीलिप विष्टको डीएनए एनलाइसिसका लागि हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट)मा पनि स्याम्पल पठाएका थियौं। तर घटनास्थलबाट ल्याइएको 'भजाइनल स्वाब' यथेष्ट परिमाणमा नभएका कारण त्यो भने नास्टमा परिक्षणका लागि पठाउन सकेनाैं।'

उनका अनुसार प्रहरीको प्रयोगशालामा गरिएको 'भजाइनल स्वाब'को परिक्षणका नतिजा अनुसार त्यसमा भेटिएको पुरुषको डीएनएसँग विष्टको डिएनए मेल खाएको छैन। 'त्यस परिक्षणमा देखिएको डीएनए कसको हो भन्ने अनुशन्धानबाट खुल्ने छ,' उनले भने, 'त्यसैले अहिलेलाई आरोपीहरुलाई सरकारी वकिलको राय बमोजिम छोडिएको हो।'

भीमदत्त नगरपालिका–२ उल्टाखामकि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप समेत गरेको थियो।

विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं समेत लगिएको थियो। उक्त रिपोर्टमा पनि अनुसन्धानका क्रममा पनि झुठो बोलेका लगायत केही नखुलेको उल्लेख गरिएको एसपीकुबेरकडायतले बताए।

‘उनीहरुलाई मुद्दा चलाउने यथेश्ट प्रमाण नभेटिएपछि छाडिएको हो,’ एसपी कडायतले भने, ‘तर उनीहरु हाम्रो निगरानीमा भने हुन्छन्, प्रमाण भेटिए फेरी मुद्दा चलाउन सकिनेछ।’ उनले आवश्यकता परे उपस्थित हुने सर्तमा छाडिएको बताए।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा 'अदालतको अादेशमा छोडिएको' उल्लेख भएकोमा अदालतले नभइ 'प्रहरीलेसरकारी वकिलको राय अनुसार छाडेको' भनेर समाचार सच्याइएको छ।

प्रकाशित : भाद्र २६, २०७५ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT