१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

कालीमाटी तरकारी बजारका ५१ वटा स्टलको सम्झौता खारेज 

राजु चौधरी

काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले थप ५१ वटा स्टलको सम्झौता खारेज गरेको छ । समितिको मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो ।

कालीमाटी तरकारी बजारका ५१ वटा स्टलको सम्झौता खारेज 

समितिले यसअघि ६ वटा स्टलको सम्झौता खारेज गरेको थियो । यो सँगै समितिले रातो सूचीमा राखेका ९८ मध्ये ५७ वटा स्टलको सम्झौता खारेज गरेको छ ।


आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई भाडामा दिएको गुनासो आउन थालेपछि समितिले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो ।

पहिलो चरणमा स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि भदौ १९ गते समितिको बैठकले असोज १ गतदेखि लागू हुनेगरी ती स्टलको सम्झौता खारेज गरेको थियो ।


कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार रातो सूचीमा परेका स्टलहरु मध्ये २५ वटालाई सफाई, १६ वटालाई सुधार गर्ने सर्त सहित सफाइ दिइएको जानकारी दिए ।

समितिले बुधबारबाट स्टलहरु हटाउने प्रक्रिया अगाडि बढाउने प्रवक्ता सुवेदीले बताए ।

प्रकाशित : आश्विन २, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?