कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातै प्रदेशका सम्पर्क कार्यालय खोल्न सुझाव

काठमाडौँ — उच्चस्तरीय अध्ययन टोलीले सातै प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा खोल्न सुझाव दिएको छ । समितिले संघ र सातवटै प्रदेशबीच समन्वय गर्न दिएको यस्तो सुझावअनुसार केन्द्र सरकारले सम्पर्क कार्यालय खोल्ने गृहकार्य सुरु गरिसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।

सातै प्रदेशका सम्पर्क कार्यालय खोल्न सुझाव

‘संघ र प्रदेश सरकारबीच समन्वयको खाँचो टड्कारो देखिएको छ,’ समितिको सुझावमा छ, ‘दुवै तहका सरकारबीच समन्वय गर्न संघमा सबै प्रदेश सरकारको सम्पर्क कार्यालय स्थापना गर्न आवश्यक छ ।’

समितिले प्रदेश सरकारहरूले आवश्यक कर्मचारी, कानुन र भौतिक पूर्वाधार अभावको समस्या झेलिरहेको र त्यसलाई समाधान गर्न केन्द्रले तत्काल आवश्यक कदम चाल्नुपर्ने सुझावसमेत दिएको छ । समितिले मुख्यसचिव लोकदर्शन रेग्मीलाई सुझाव प्रतिवेदन बुझाइसकेको छ । समितिले कतिपय प्रदेशका मन्त्रालयहरूको नाम पुन:संरचना गर्नुपर्ने सुझावसमेत दिएको छ ।

प्रकाशित : आश्विन ३, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?