कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती

काठमाडौँ — प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छन् ।
समितिको शुक्रबारको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो ।

शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती

घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहेका थिए । समितिको ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा आज समितिको बैठक बसेको थियो ।


बैठकमा प्रस्तावक सांसद भट्टराईले कुशल र परिपक्व राजनीतिक नेतृत्व समितिको सभापतिका रुपमा घर्तीलाई पाएको बताए । प्रस्तावकका समर्थक सांसद बिशङ्खेले नेपाली राजनीतिमा शालीन व्यक्तित्वका रुपमा सभापति घर्ती परिचित रहेकी बताइन् ।

प्रकाशित : आश्विन ५, २०७५ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?