कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला संघले आन्दोलन गर्ने

रासस

काठमाडौँ — नेपाल महिला संघले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । 

महिला संघले आन्दोलन गर्ने

संघले शनिबार पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारबाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते देशभर विरोध गर्न लागेको जानकारी दिएको हो ।


सम्मेलनमा संघका अध्यक्ष उमा रेग्मीले आइतबार देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदै काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध र्याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउन लागेको बताईन् ।


अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला सङ्घले निरन्तर आन्दोलन गर्ने बताईन् ।

प्रकाशित : आश्विन ६, २०७५ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?