प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहकमा पोखरेल
काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा अाेली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारीसहितकाे २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अाेली अमेरिका गएका हुन ।
विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीको सहभागिता रहने महासभामा अाेलीले असोज ११ मा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बाहिर गए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकाे हाे । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन शनिबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रपतिले उनकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
प्रकाशित : आश्विन ७, २०७५ ०७:१२