कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि

काठमाडौँ — सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हाे।

सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि

शनिबार यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा वृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ ।


सरकारले सिफारिस गरेको भाडा आइतबार (असोज ७) देखि नै लागू हुनेछ । यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?