कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको द्विपक्षीय भेटका कार्यक्रम थपिए

काठमाडौँ — संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन आइतबार अमेरिका पुगेका प्रधानमन्त्री केपी ओलीको निर्धारित कार्यतालिकामा थप द्विपक्षीय भेटघाटका कार्यक्रम थपिएका छन् ।

प्रधानमन्त्रीको द्विपक्षीय भेटका कार्यक्रम थपिए

परराष्ट्र मन्त्रालयका अनुसार ओलीले बेलायती प्रधानमन्त्री टेरेजा मे र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।


न्युयोर्क प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डका राष्ट्रपति एलिएन बेर्सेटसँग र कम्बोडियाका प्रधानमन्त्री मेह सेना पाडेइ टेचो हुन सेनसँग भेटवार्ता हुने तय भएको थियो ।

ओलीसहितको भ्रमणदल आइतबार अमेरिका पुगेपछि न्युयोर्कस्थित नेपाली दूतावासले थप भेटवार्ताको कार्यक्रम सार्वजनिक गरेको हो ।


‘सबैका लागि सान्दर्भिक राष्ट्रसंघको निर्माण : शान्तिपूर्ण, समतामूलक र दिगो समाजका लागि विश्वव्यापी नेतृत्व तथा साझा उत्तरदायित्व’ भन्ने नाराका साथ राष्ट्रसंघको महासभा सुरु भइसकेको छ । १ सय २१ राष्ट्रका प्रमुख/प्रतिनिधिले भाग लिने उक्त सभालाई ओलीले बिहीबार सम्बोधन गर्नेछन् ।

प्रकाशित : आश्विन ८, २०७५ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?