कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी र प्रदेश १ का वन डिभिजनमा उपसचिवको सरुवा 

अब्दुल्लाह मियाँ

काठमाडौँ — गण्डकी र प्रदेश १ अन्तगर्तका जिल्ला डिभिजन वन कार्यालयमा प्रमुख खटाइएको छ । गण्डकीको मुख्यमन्त्री कार्यालयले शुक्रवार र प्रदेश १ को मुख्यमन्त्री कार्यालयले बिहीबार उपसचिवहरुलाई डिभिजन प्रमुखको जिम्मेवारी दिएको हो । 

गण्डकी र प्रदेश १ का वन डिभिजनमा उपसचिवको सरुवा 

गण्डकीअन्तर्गत डिभिजन वन कार्यालय स्यांङ्जामा अजय कार्की, तनहुँमा केदार बराल, लमजुङमा प्रभात सापकोटा, गोरखामा इमनाथ पौडेल, पर्वतमा दधी कँडेल, म्याग्दीमा हरिशचन्द्र सापकोटा, कास्कीमा धनञ्जय लामिछाने, नवलपरासीमा विजय सुवेदी र बागलुङमा नारायण दाहाललाई सरुवा गरिएको प्रदेश मन्त्रालयले जनाएको छ ।


यस्तै, उपसचिवहरु हेमराज विष्ट र मेघराज पौडेललाई प्रदेश वन मन्त्रालय र माधव बराललाई प्रदेश वन निर्देशनालयमा सरुवा गरिएको छ ।


प्रदेश १ अन्तर्गत इलाममा श्री बराल, मोरङमा विशाल घिमिरे, सुनसरीमा शिव शर्मा, धनकुटामा रामचन्द्र कँडेल, उदयपुर (गाईघाट) मा विष्णु आचार्य, उदयपुर (कटारी) मा दानबहादुर श्रेष्ठलाई सरुवा गरिएको छ ।


सोलुखुम्बुमा इन्द्र सापकोटा, ताप्लेजुङमा रामकाजी श्रेष्ठ, भोजपुरमा हेमन्त शाह, संखुवासभामा इन्द्रमणी भण्डारी, खोटाङमा ललित कर्ण, तेह्रथुममा सुनिल सिंह, पाँचथरमा मेघराज राई, झापामा विष्णु घिमरे, ओखलढुङ्गामा शान्तमाया श्रेष्ठ र युवराज मास्केलाई प्रदेशको वन मन्त्रालयमा सरुवा गरिएको छ ।


प्रदेश ५ का उपसचिवहरुलाई पनि यसै साता सरुवा गरिने प्रदेशको वन मन्त्रालयका सचिव धनञ्जय पौडेलले बताए ।

प्रकाशित : आश्विन २०, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?