२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

निर्मला पन्त बलात्कार र हत्या घटना : थप दुई प्रहरी निलम्बित

जनकराज सापकोटा

काठमाडौँ — कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । प्रतिवेदन सार्वजनिक गरिए लगत्तै प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको हो ।

निर्मला पन्त बलात्कार र हत्या घटना : थप दुई प्रहरी निलम्बित

आइतबार सार्वजनिक गरिएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले प्रहरी अनुसन्धान फितलो र शंकास्पद देखिएको निष्कर्ष निकाल्दै पुन: सुक्ष्म अनुसन्धान गर्न सुझाव दिएको थियो ।


चाँदनीले मृतक निर्मलाको लुगा पखालेको भिडियोमा देखिएको थियो भने प्रतिवेदनमा पनि उनले नियतवश नभई अन्जानवश नै लुगा पखालेको बयान दिएकी छन् । दुवै प्रहरी अधिकारीहरुले अनुशन्धानको क्रममा गम्भिर लापरवाही गरेकाे देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।


यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकहरु जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बनमा परेका थिए ।



प्रकाशित : आश्विन २२, २०७५ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?