कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालय बैठकमा नेता नेपालको असहमति–पत्र पेश

स्थायी कमिटिमा एजेण्डा तय गर्न बुधबार पुन: सचिवालयको बैठक
दुर्गा खनाल

काठमाडौँ — पार्टीको तल्लो तहको एकता प्रक्रियाको मापदण्ड लगायतका विषयमा ठोस निर्णय गर्न नसकेपछि नेकपाले अब पार्टी भित्रका विवाद, एकता प्रक्रिया लगायतका विषयमा स्थायी समितिमा छलफल गर्ने निर्णय गरेको छ । 

नेकपा सचिवालय बैठकमा नेता नेपालको असहमति–पत्र पेश

सचिवालयको सोमबारको बैठकले स्थायी कमिटिमा एजेण्डा तय गर्न बुधबार पुन: सचिवालयको बैठक बोलाइएको छ । वरिष्ठ नेता माधव नेपालले पेश गरेको असहमति पत्र पनि सचिवालय बैठकमा पेश भएको छ ।


नेता नेपालले यसअघि सचिवालयले गरेको प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णयमा असहमति जनाएका थिए । आफ्नो अनुपस्थितिमा निर्णय भएको भन्दै नेता नेपालले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विदेशमा रहेको बेला पार्टी महासचिव विष्णु पौडेललाई असहमति पत्र बुझाएका थिए ।


नेता नारायणकाजी श्रेष्ठका अनुसार सोमबारको बैठकमा हालै नेताहरुले गरेको विदेश भ्रमणको बारेमा ब्रिफिङ भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्तिप्रक्रिया र लोकतन्त्रको विषयमा स्पष्ट धारणा राखेका बताएका थिए । यो बीचमा अध्यक्ष दाहालले भारत र चीनको भ्रमण गरे । नेता नेपालले घाना र चीन एवं नेता श्रेष्ठले चीनको भ्रमण गरेका थिए ।


प्रकाशित : आश्विन २२, २०७५ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?