कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै कार्यक्रममा दुई मन्त्री

कान्तिपुर संवाददाता

स्याङ्जा — यहाँका तीन स्थानीय तहमा निर्माण गरिएका मोटरेबल पुल र निर्माण सुरु गरिएको पुलको दुई मन्त्रीले बिहीबार संयुक्त रुपमा उद्घाटन र शिलान्यास गरेका छन् । 

एउटै कार्यक्रममा दुई मन्त्री

एउटै मञ्च र एउटै कार्यक्रमका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल स्याङ्जा आएका हुन् ।


अर्जुनचौपारी गाउँपालिकाअन्तर्गत १ र २ नम्बरका वडा जोड्ने दरौं खोलाको मोटरेबल पुल, १ र ३ वडालाई जोड्ने सोही खोलाको अर्को मोटरेबल पुलको उद्घाटन, भगवती सहकारी संस्थाको उद्घाटन र गाउँपालिकाअन्तर्गत चक्रपथ निर्माणको शिलान्यास उनीहरूले गरे ।


यसैगरी भीरकोट नगरपालिका २ र ५ वडा जोड्ने मोटरेबल पुल बनाउन संयुक्त प्रतिबद्धता गरे । भीरकोट ४ र वालिङ १ जोड्ने आँधीखोलाको मोटरेबल पुलको पनि शिलान्यास र कालीगण्डकी गाउँपालिकामा निर्माण गरिएका २ मोटरेबल पुलको पनि संयुक्त उद्घाटन गरिएको थियो ।

प्रकाशित : आश्विन २५, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?