कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुर्जा हिमाल आरोहणकर्ताको शव संकलन गर्न टोली बेस क्याम्पमा

घनश्याम खड्का

म्याग्दी — गुर्जा हिमाल बेस क्याम्पमा आएको हिमआँधीमा परी मृत्यु भएका ५ जना कोरियाली र ४ जना नेपालीको तालिम प्राप्त उद्धारकर्ताको सहयोगमा खोजी सुरु भएको छ ।

गुर्जा हिमाल आरोहणकर्ताको शव संकलन गर्न टोली बेस क्याम्पमा



मृतक र बेपत्ताको खोजी तथा उद्धार गर्न हिमालय क्षेत्रको दुर्घटना सम्बन्धी तालिम प्राप्त खोजकर्ता लिएर सिम्रिक एयरको हेलिकोप्टर घट्नास्थलमा अवतरण गरेको उद्धारकर्ता तथा गाईड लाक्पा शेर्पाले बताए । ‘हामी दुर्घटनास्थलमा छौं । शव संकलन गर्ने प्रयास सुरु भएको छ,’ उनले भने ।


शनिबार स्थानीय गुर्जाबासी उद्धारकालागी घट्नास्थल पुगे पनि बेसक्याम्पको अक्करे भीर र गहिरो खोंचमा खसेका शव झिक्न नसकेपछि हिमालय क्षेत्रका खोज विज्ञ उद्धाकर्ता झिकाइएको हो । स्थानीयका अनुसार ७ जनाको शव भेटिएको छ । दुईजना वेपत्ता छन् ।


बिहीबार राति ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमालको पहिलो आधार शिविरमा आएको हिमआँधीमा परि दक्षिण कोरियाका एम ०४६१२८६२ नम्बरका राहदानी बाहक जोहोन लि, एम ८५८५००३२ नम्बरका राहदानी बाहक च्याङ हो किम, एम ९७००२३७८ राहदानी भएका इल जिन रिम, एम ५४६६६४९८ राहदानी बाहक योङ जिक यु, एम ८००५१९२११ राहदानी भएका जुन मो झोङको मृत्यु भएको थियो ।


त्यसैगरी हिमआँधीमा परि मृत्यु हुनेमा गुर्जा हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभा साविक हटिया गाविस, २ का ३९ बर्षिय छिरिङ भोटे, सोही जिल्ला साविक भोटेखोला गाविस, ३ का २१ बर्षिय लाक्पा सोङवु भोटे, संखुवासभाकै फर्वु भोटे र म्याग्दी धौलागिरी गाउँपालिका, १ गुर्जाका नेत्रबहादुर छन्त्याल रहेका छन् ।


प्रकाशित : आश्विन २८, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?