कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

लक्ष्मी साह

बारा — बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो । 

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरेका थिए । उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेको छ ।


प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका १७ वर्षीय दुई युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन् । बारा जिल्लाकी प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि बयान लिने काम भइरहेको छ।


अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए । फिरौती जोरजाम गर्दैगर्दा अपहरणकारीले दीपकको हत्या गरेका दीपकका काका गणेश राय यादवले बताए ।


बालक २४ गते नजिकैको रनीवासमा हजुरबुबा सिताराम यादवसँग मेला हेर्न गएका थिए । मेला हेरेर फर्कने क्रममा मोटरसाइकलमा आएका दुई जनाले बालकलाई इथाइनल सुँघाएर अपहरण गरेका थिए । काका गणेशले भने, 'हजुरबा सँग आउँदै गर्दा पैसाको लोभ देखाए । अनि इथाइनल सुघाएर बेपत्ता पारे । पछि हरेन्द्रले आफ्नो मोबाइलबाट फिरौती माग्यो ।'


प्रहरीका अनुसार अपहरणकारीको आरोपमा पक्राउ परेका बैठाको घरबाट बालक दीपकले लगाएको बाला फेला परेको छ ।

प्रकाशित : आश्विन २८, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?