कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुर्जा हिमआँधीका मृतक आठ जनाको शव काठमाडौं‌ लगिंदै

घनश्याम खड्का

म्याग्दी — धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर मारिएका ८ जनाको शव काठमाडौं ल्याइदैछ । आइतबार विहान खोजी दलले उनीहरुको शव भीरको खोंचमा भेट्टाएको थियो ।

गुर्जा हिमआँधीका मृतक आठ जनाको शव काठमाडौं‌ लगिंदै

गुर्जा हिमाल आधार शिविरमा आएको हिमआँधीमा परी मृत्यु भएका र बेपत्ता ५ जना कोरियाली र ४ जना नेपाली मध्ये आठ जनाको शव काठमाडौं लगिएको छ ।


मृतक स्थानीय नेत्रबहादुर छन्त्यालको शव जिल्ला अस्पताल बेनीमा ल्याई पोष्टमार्टमपछि घर गुर्जा पुर्‍याईएको छ । छन्त्यलको सोमबार नै धार्मिक संस्कार अनुसार अन्त्यष्टि गरिने मृतकका आफन्तले जनाएका छन् ।


बाँकी ८ जना मृतकहरुको शव भने काठमाडौं लैजाने क्रममा पोखरा पुर्‍याईएको छ । हिमालय क्षेत्रको दुर्घटना सम्बन्धी तालिम प्राप्त खोजकर्ताले स्थानीयको सहयोगमा आइतबार बिहान घट्नास्थल पुगि शव संकलन गरेका थिए ।


‘हामी स्थानीय र खोजकर्ता मिलेर अक्करे भीर र खोल्सामा अल्झेका सबै शव संकलन गरेका हौं’ घट्नास्थल पुगी आफन्तको शव पोष्टमार्टम गर्न बेनी आएका समबहादुर छन्त्यालले भने, ‘दुर्घटनास्थलमा न कुनै पहिरो छ न त हिमपात तर पालसहित सबै पर्यटकको शव भिरभरी छरिएको अवस्थामा थियो ।’


शनिवार स्थानीय गुर्जाबासी उद्धारका लागि घट्नास्थल पुगेपनि आधार शिवरिको अक्करे भीर र गहिरो खोंचमा खसेका शव झिक्न नसकेपछि हिमालय क्षेत्रका खोज उद्धारकर्ता झिकाईएको थियो ।


बिहीबार राती ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमालको पहिलो आधार शिविरमा आएको हिमआँधीमा परि दक्षिण कोरियाका जोहोन लि, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु, जुन मो झोङको मृत्यु भएको थियो ।


त्यसैगरी हिमआँधीमा परि मृत्यु हुनेमा गुर्जा हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभा साविक हटिया गाविस, २ का ३९ वर्षीय छिरिङ भोटे, सोही जिल्ला साविक भोटेखोला गाविस, ३ का २१ वर्षीय लाक्पा सोङवु भोटे, संखुवासभाकै फर्वु भोटे र म्याग्दी धौलागिरी गाउँपालिका, १ गुर्जाका नेत्रबहादुर छन्त्याल रहेका छन् ।

प्रकाशित : आश्विन २८, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?