कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्गमा जिप दुर्घटना, एकै परिवारका ५ घाइते

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ को सेल्फीडाँडा मुनी सोमबार भएको दुर्घटनामा परि एकै परिवारका पाँचजना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था चिन्ताजनक छ । सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाइ सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

बीपी राजमार्गमा जिप दुर्घटना, एकै परिवारका ५ घाइते

काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २ च २११३ नम्बरको जिप दुर्घटनामा परि ३६ वर्षीय अर्जुन तामाङ, उनकी श्रीमती २८ वर्षीय सुनिता तामाङ, ७ वर्षिय छोरी सुप्रिया तामाङ, ३ वर्षीय छोरा अल्वर्ट तामाङ र दाजु ३८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

घाइते कुमार, अर्जुन र छोरी सिल्वीलाई काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनीहरुलाई ढाड टाउको र अन्य भागमा चोट लागेको छ । कमलामाई नगरपालिका १३ रानीवासमा रहेको मूल घरमा उनीहरु दसैं पर्व मनाउनका लागि आउँदै थिए । अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ जिप करिब तीनसय मिटर तल खसेको थियो । सामान्य घाइते आमाछोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन २९, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?