कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिथिलाको दसैं : घटस्थापनादेखि भसानसम्म (फोटोफिचर)

श्यामसुन्दर शशि

जनकपुर — घटस्थापनादेखि सुरु भएको बडादसैं आज शनिबार मूर्ति भसान ( मूर्ति सेलाउने) सँगै सम्पन्न हुँदैछ । विजया दशमीको अन्तिम दिन गाउँ गाउँमा निर्माण गरिएका दुर्गा प्रतिमाहरु कमला, जलाद, दूधमतीलगायतका पवित्र नदीहरुमा सेलाइँदै छ ।

मिथिलाको दसैं : घटस्थापनादेखि भसानसम्म (फोटोफिचर)


दश दिने विजया दशमीको क्रममा जनकपुरका राजदेवी मन्दिर, बौधीमाई, पियरियामाई, अमरखना माईलगायतका शक्तिपीटहरुसँगै रामानन्द चोक, विद्यापति चोक, जीरोमाईलसँगै सबैला, यदुकुहा, रघुनाथपुर, ललिया, धनुषाधामलगायतका गाउँहरुमा माटोको कलात्मक दुर्गा प्रतिमा निर्माण गरी धूमधामका साथ पूजा अर्चना गरिएको थियो ।

दुर्गापूजाको अवसरमा गाउँ गाउँमा नाच, तमासा, नाटकसंगै कुस्ती, भलिवललगायतका खेलहरुको आयोजन गरिएको थियो । पछिल्ला केही दिनदेखि महावीर युवा कमिटीले आयोजन गर्दै आएको रावणवद्धको आयोजन पनि शुक्रबार राति सम्पन्न भएको छ । जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साहले रावणवद्ध गरेका थिए । ऐतिहासिक गंगासागर र धनुषसागरको घाटमा निर्माण गरिएको रावण, कुम्भकरण तथा मेघनाथको मूर्तिमा आगो लगाएको थियो ।

विजया दशमीको दिन शुक्रबार राम र जानकीको बेग्ला बेग्लै झाँकी निकाली नगर परिक्रमा गरिएको थियो । विजया दशमी(यात्रा)को दिन जानकीको डोला बाहिर निकाली तुलसी स्मारकसम्म लग्ने परम्परा छ । यात्राको दिन चेली बेटीलाई ससुराली विदा गर्ने चलन अनुसार जानकीको डोला तुलसी स्मारकसम्म लगी पुन: फिर्ता ल्याईन्छ । यसैगरी विजया दशमीको दिन जानकी मन्दिर प्रांगणमा नयाँ ध्वजा राख्ने चलन छ । मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पूजा पाठ गरी ध्वजारोहण गरेका थिए ।


प्रकाशित : कार्तिक ३, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?