कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा जिप दुर्घटनामा २ को मृत्यु, ५ घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थलीबाट गोठगाउँ जाँदै गरेको ना १ ज ४८१२ नम्बरको टाटासुमो जिप शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका २ देउरालीको खरानेपाखामा भएको दुर्घटनामा रामेछाप नगरपालिका १ गोठगाउँका दुर्गाबहादुर कार्की र ललिमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामेछापमा जिप दुर्घटनामा २ को मृत्यु, ५ घाइते

दुर्घटनामा घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पताल लगिएको छ । प्रहरीका अनुसार सडकबाट करिब ३ सय मिटर तल खसेको उक्त जिपमा कति यात्रु थिए भन्ने एकीन भइसकेको छैन । दुर्घटनाको कारण खुलेको छैन ।


प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले घटनाको जानकारी पाउना साथ उद्धारकर्मी र एम्बुलेन्स परिचालन गरी उद्धार कार्यलाई तिव्रता दिइएको बताए ।

प्रकाशित : कार्तिक ३, २०७५ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?