कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपी विष्टलाई बर्खास्त गर्न प्रधान कार्यालयद्वारा गृह मन्त्रालयमा सिफारिस

किशोरी बलात्कार र हत्या प्रकरण
रासस

काठमाडौँ — निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

एसपी विष्टलाई बर्खास्त गर्न प्रधान कार्यालयद्वारा गृह मन्त्रालयमा सिफारिस

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले पुष्टि गरे ।


प्रवक्ता क्षेत्रीका अनुसार गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार नै निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

प्रकाशित : कार्तिक ४, २०७५ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?