कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक करिब साढे दुई घण्टादेखि बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवासमा आइतबार दिउँसो साढे २ बजे बैठक सुरु भएको हो ।

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी 

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी गठन, स्थायी समिति बैठकको मिति, कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षालगायत एजेन्डामा छलफल भइरहेको प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको सचिवालय स्रोतले जनाएको छ ।


सरकारको कारकारबाही र पार्टीको तल्लो तह एकीकरणले गति नलिएको विषयमा पार्टीभित्र विवाद बढेपछि नेकपाको सचिवालय बैठक बोलाइएको हो । दसैं अगाडि नेताहरुको व्यस्तता देखाउँदै पटक पटक बैठक सारिएको थियो ।


गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइए पनि तीन महीना पूरा भएको दुई महीना व्यतीत भइसकेको छ ।


प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्‌मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद पैदा हुँदै आएको छ । बैठकले ती विवादका विषयमा निक्र्योल गर्ने बुझिएको छ ।


प्रकाशित : कार्तिक ४, २०७५ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?