कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृष्णनगरमा बिहान ६ बजेदेखी १२ बजे सम्मका लागि कर्फ्यु हटाइयो

मनोज पौडेल

कपिलवस्तु — सीमा बजार कृष्णनगरमा मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजे सम्मकालागि कर्फ्यु हटाइएको छ । जनजीवन सहज बन्दै गएकाले ६ घण्टा कर्फ्यु हटाइएको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए ।

कृष्णनगरमा बिहान ६ बजेदेखी १२ बजे सम्मका लागि कर्फ्यु हटाइयो


दुर्गा मूर्तिलाई बजार परिक्रमा गराउने क्रममा शुक्रबार साँझ उक्त झाँकी माथि ढुंगा हानिएपछि विवाद हुँदा ३ दिनदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । त्यसपछि आइतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कर्फ्यु लगाइएको थियो । सोमबार बिहान ८ देखि साँझ ५ बजेसम्म कर्फ्यु हटाइएको थियो । त्यसपछि रातको समयमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी सोमवार साँझ ५ बजेदेखि पुन: अनिश्चितकालिन कर्फ्यु लगाइएको थियो ।

सुरक्षास्थिति सुधार भई अवस्था सामान्य बन्दै गएपछि केही समयमालागि कर्फ्यु हटाइएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए । १२ बजेपछि अवस्था हेरेर कर्फ्युलाई निरन्तरता दिने नदिनेबारे निर्णय लिइने उनले बताए ।


प्रकाशित : कार्तिक ६, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?