१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

लोन्ली प्लानेटले तयार पारेको १० उत्कृष्ट सहरको सूचीमा काठमाडौं ५ नम्बरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी 'लोन्ली प्लानेट' ले सन् २०१९ मा यात्रा गर्नको लागि सुझाएको १० उत्कृष्ट सहरमा काठमाडौं पनि परेको छ । 

लोन्ली प्लानेटले तयार पारेको १० उत्कृष्ट सहरको सूचीमा काठमाडौं ५ नम्बरमा

लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायक उत्कृष्ट सहरहरुको सूचीमा काठमाडौं पाचौं नम्बरमा परेको हो । अमेरिकी ट्राभल गाइड बुक तथा ट्राभल वेबसाइट लोन्ली प्लानेटले हरेक वर्ष घुम्न लायक उत्कृष्ट गन्तव्यहरुको सूची प्रकाशन गर्दै आएको छ ।


सुझाइएको १० उत्कृष्ट सहरको तालिकामा पहिलो नम्बर डेनमार्कको राजधानी कोपनहेगनले ओगटेको छ । दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभि साद, चौथोमा अमेरिकाको मियामी सहर छ ।


यस्तै पाँचौंमा काठमाडौं, छैटौंमा मेक्सिको सिटी, सातौंमा सेनेगलको डकार, आठौंमा अमेरिकाकै सियाटल, नवौंमा क्रोयसियाको जदर र दशौंमा मोरक्कोको मेकनेस सहर परेको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सम्पादाहरुको पुनर्निर्माणको जारी रहेको र कतिपय सम्पदाहरु पुरानै अवस्थामा फर्किसकेकोले काठमाडौं घुम्न लायक सहर भएको लोन्ली प्लानेटले उल्लेख गरेको छ । लोन्ली प्लानेटले अव्यस्थित सवारी व्यवस्थापनका लागि बदनाम भएको काठमाडौँ शहर अहिले हर्न निषेध गरिएकाले राम्रो बनेको र विद्युत आपूर्ति भरपर्दो भएको तथा वाइफाइ कनेक्सन बिस्तारले घुम्न सहज हुने बताएको छ ।

प्रकाशित : कार्तिक ६, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?