कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मला काण्ड: एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको दोस्रो लिखित जवाफ गृहमा बुझाइयो

जनकराज सापकोटा

काठमाडौँ — गृह मन्त्रालयले 'तपाईंलाई कारबाही किन नगर्ने?' भन्दै मागेको स्पष्टीकरणको लिखित जवाफ एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टले दिएका छन् । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा गम्भीर लापरवाहीको आरोप खेपिरहेका एसपी विष्ट र इन्सपेक्टर भट्टलाई गृह मन्त्रालयले बुधबार दोस्रो पत्र काटेको थियो ।

निर्मला काण्ड: एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको दोस्रो लिखित जवाफ गृहमा बुझाइयो

दुवैले आफूलाई कारबाही गर्नु नपर्नाका कारण सहितको जवाफ प्रहरी प्रधान कार्यालयको सचिवालयमा बुझाएका थिए । गृह स्रोतका अनुसार सचिवालयले भर्खरै उक्त पत्र गृह मन्त्रालयमा बुझाएको छ ।


प्रहरी प्रधान कार्यालयको सिफारिस र गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिको सिफारिसका आधारमा गृहले बर्खास्तीको प्रक्रिया अगाडि बढाएको छ । एसपी र इन्सपेक्टरमाथि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानबिनमा गम्भीर लापरवाही गरेको आरोप छ ।


कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिले उनीहरुले पदीय जिम्मेवारी अनुरुप भूमिका निर्वाह नगरेको र घटनापछिको अनुसन्धानका क्रममा श्रृंखलावद्ध त्रुटी गरेको र प्रमाणहरु नष्ट गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो । प्रहरी ऐन अनुसार इन्सपेक्टरदेखि एसपीसम्मको बर्खास्ती गर्ने अधिकार प्रहरी महानरीक्षकको सिफारिसमा गृहसचिवले गर्ने प्रावधान छ ।


गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कार पछि हत्या भएपनि उक्त घटनाका मुख्य अभियुक्त अहिलेसम पक्राउ पर्न सकेका छैनन् । उक्त घटनामा संग्लनहरुको पहिचान गर्ने भन्दै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयल फरक–फरक टोली बनाएपनि घटनाको सत्यतथ्य खुल्न सकेको छैन ।

प्रकाशित : कार्तिक ८, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?