कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किर्ते आरोपमा न्यायाधीशका श्रीमती पक्राउ 

डिल्लीराम खतिवडा

उदयपुर — सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ परेकी छन् । 
न्यायाधीश श्रीमान्‌को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो ।

किर्ते आरोपमा न्यायाधीशका श्रीमती पक्राउ 

ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहान पक्राउ पक्राउ परेका छन् । ललिता राउतकी अर्की भाउजु भोजकुमारी पोखरेल भने फरार छिन् ।


न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको किर्ते हस्ताक्षर र औंठाछाप गरेर ललिताले अर्केको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सोमबार नै पक्राउ गरेपनि अदालतबाट म्याद लिएपछि बुधबारमात्रै पक्राउ परेको जानकारी दिइएको हो ।

ललिता चौहान, बाबुराम चौहान, शिवशंकर चौहान, बुनु चौहान र भोजकुमारी पोखरेलसमेतले मिलेमतो तथा षड्यन्त्र गरी कटारी नगरपालिका ३ बाट गत असोज १० र ११ गते बाबु प्रकाशमानसिंह राउत, आमा ललिताकुमारी राउत (चौहान) बाजे बलबहादुर राउत भनि किर्ते ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्म दर्ता बनाइदिएको आरोप छ । उनीहरुमाथि किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताए ।


यसैबीच, कटारी नगरपालिका ३ को वडा कार्यालयले किर्ते गरी जन्मदर्ता गराएको जनकारीपछि जन्मदर्ता बदर गरेको छ । किर्ते गरी अर्काको बच्चाको जन्मदर्ता गराएको देखिएकाले बदर गरिएको वडाध्यक्ष रामबहादुर पोखरेलले बताए ।


न्यायाधीश राउतले पनि श्रीमतीले सोधखोज नै नगरी दाजुभाउजुको संलग्नतामा हस्ताक्षर र ल्याप्चेसमेत किर्ते गरेर अर्काकै बच्चालाई जन्मदार्ता गराएको बताए । उनले यो प्रकरण आफूविरुद्ध षड्यन्त्र गरेर फसाउन खोजिएको बताए ।


प्रकाशित : कार्तिक १४, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?