प्रदेश ३ का मन्त्री स्थापित बर्खास्त

प्रताप बिष्ट

हेटौडा — प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई शुक्रबार पदबाट हटाइएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राखेका छन् ।

स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्न उनी बिहीबार काठमाडौं गएका थिए। उनले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेटेर सहमति लिइ स्थापितलाई बर्खास्त गरेका हुन्।

Yamaha

'अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहान नगर्ने भएकाले हटाइएको हो,' पौडेलले कान्तिपुरसँग भने।

मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक-पटक अपमान गरेको आरोप लाग्दै आएको थियो। बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गरेका थिए।

१३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडि बढाउन सकेको छैन।

मुख्यमन्त्री पौडेल मन्त्री स्थापितको बुधबारको व्यवहारबाट अत्यन्त आक्रोशित भएका थिए। ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन्,’ एक मन्त्रीले भनेका थिए, ‘स्थापित कहिल्यै गम्भीर नहुने स्वभावका रहेछन्।’

मन्त्री स्थापितले भने आफ्नो अलि ठूलो स्वर भएको तर अभद्र व्यवहार नगरेको बताएका थिए।

प्रकाशित : कार्तिक १६, २०७५ १५:४२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साहसिक खेल ‘रक क्लाइम्बिङ’

विद्या राई

काठमाडौँ — साहसिक पर्यटकीय खेल मध्येको एक हो ‘रक क्लाइम्बिङ’ । यो खेल खेल्दा अग्लो पहरामा डोरीको सहायताले उक्लने र झर्ने गरिन्छ । यसो गर्दा हात र खुट्टाले बल लगाउनुपर्छ ।

सिन्धुपाल्चोकको भोटेकोशीमा रहेको रक क्लाइम्बिङ हो यो। यहाँ पहिले आरोहण शैली देखाइन्छ। त्यसपछि मात्रै आरोहण गर्न गएकाहरुलाई हेल्मेट, हार्नेस लगाएर चढ्न दिइन्छ।
८ मिटरको उचाइमा रहेको पहरामा रक क्लाइम्बिङ गरेर मनोरञ्जन लिन थुप्रै आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउँछन्। ‘द लाष्ट रिसोर्ट’ले प्रवद्र्धन गरेको रक क्लाइम्बिङले भोटेकोशीलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत पुगेको छ। यो खेलले साहस थप्ने र मनोरञ्जन दिने गर्छ।

प्रकाशित : कार्तिक १६, २०७५ १४:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT