कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको युगज्योति माध्यमिक विद्यालय, देवदहका प्रधानाध्यापक शिवप्रसाद ढुंगानाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

ढुंगानाले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतको इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी शिक्षक पदमा नियुक्ति लिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐनअनुसारको कसुर भएको आयोगले जनाएको छ ।


आरोपपत्रमा ढुंगानामाथि कानुनविपरीत लिएको सरकारी तलबसुविधा बराबरको रकम जरिवाना तिराउन र एक वर्ष जेल सजाय गर्न मागदाबी गरिएको छ।

प्रकाशित : कार्तिक १८, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?