कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछाममा ५७ वर्षीया महिला बलात्कृत 

मेनुका ढुंगाना

अछाम — यहाँ ५७ वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका ६ मा बस्ने ती महिलालाई सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीले बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ ।

अछाममा ५७ वर्षीया महिला बलात्कृत 

कार्तिक १५ गते राति ११ बजे आफ्नो घरमा सुतिरहेकी पीडित महिलालाई मदिरा सेवन गरी कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै परिवारले कार्तिक १६ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आउजीलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।


आउजीले कार्तिक २० गते सरकारी वकिल कार्यालयमा आरोप स्वीकार्दै स्थानीय १९ वर्षीय बुद्धि आउजीसमेत संलग्न रहेको बयान दिएका छन् । आरोपित बुद्धिलाई समेत पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २१, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?