काङ्ग्रेसभित्रको झगडाका कारण चुनावमा हार– सभापति देउवा

रासस

भक्तपुर — नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् । 

दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा बिहीबार नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

Yamaha

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपर्‍यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।”

काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए ।

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उहाँले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे ।

प्रकाशित : कार्तिक २२, २०७५ १८:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आफन्तले शव बुझेनन्

डम्बरसिं राई

खोटाङ — सवारी दुर्घटनामा मृत्यु भएका दीपक रसाइलीको शव आफन्तले बुझ्न मानेका छैनन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएकाले दुर्घटना भएको दाबी गर्दै मृतकका बालबालिकालाई पठनपाठन, क्षतिपूर्ति लगायतका माग राखि शव बुझ्न नमानेका हुन् । दिक्तेल अस्पतालमा राखिएको शव अझै पोष्टपार्टम हुन सकेको छैन ।

बाक्सिलाबाट दिक्तेल आउँदै गरेको ना १ ज ३६९८ नम्बरको जीप बुधबार राति मुढेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ४१ वर्षीय दीपक रसाइलीको मृत्यु भएको थियो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ का चालक १९ फुर्वा सेपा र सिन्धुली जरायोटार ४ का २३ वर्षीय रमेश मगर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

प्रकाशित : कार्तिक २२, २०७५ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT