कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हटाइएका प्रदेशमन्त्री दीर्घ सोडारी भन्छन्- ‘गुटको सिकार भएँ’

अर्जुन शाह

धनगढी — मन्त्री पदबाट हटाइएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् । मंगलबार उनलाई पदबाट हटाइएको हो ।

हटाइएका प्रदेशमन्त्री दीर्घ सोडारी भन्छन्- ‘गुटको सिकार भएँ’

सोडारीले भने, ‘मलाई मन्त्री भएको कुरा सुरुदेखि नै एउटा खेमालाई चित्त बुझेको थिएन । त्यही बेलादेखि मेरा विरुद्ध विभिन्न बहाना बनाइँदै थियो ।’


आफू पार्टीको इमानदार कार्यकर्ता भएको दाबी उनले गरे । पार्टीभित्र उनी भीम रावल निकट तथा माथिल्लो तहमा माधव नेपाल पक्षधर मानिन्छन् । उनीमाथि पदीय मर्यादा विपरित आचरण गरेको आरोप लगाइएको छ । पछिल्लोपटक मन्त्री चढ्दै आएको स्कारपियो गाडी भाइटीकाको दिन दुर्घटना भएपछि सोडारी थप विवादमा तानिएका थिए ।


सोडारीको ठाउँमा प्रदेश सभा सदस्य कृष्णराज सुवेदीलाई नियुक्त गर्ने तयारी छ । सुवेदी कैलाली क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?