कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस लिने डीएसपीविरुद्ध मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंका डीएसपी श्यामकुमार राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

घूस लिने डीएसपीविरुद्ध मुद्दा दायर

डिएसपी राईविरुद्ध अख्तियारले बिगो एक लाख चालीस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


डीएसपी राईले सेवाग्राहीबाट एक लाख चालीस हजार घूस बापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग सोनी टीभी खरिद गरी ल्याईदिनु भनी जिन्सी सामानको रूपमा घुस माग गरेको र टिभी आफैँले खरिद गरी ल्याउने र सो खरिद गरे बापतको बिलको भुक्तानी दिनका लागि सेवाग्राहीलाई पटक -पटक फोन गरी घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले डीएसपी राईलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : कार्तिक २८, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?