कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संवैधानिक इजलास सुरु

साताको दुई दिन सुनुवाइ हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतमा बुधबार संवैधानिक इजलास सुरु भएको छ । इजलासमा संवैधानिक विवादका २ सय २३ वटा मुद्दा सुनुवाइ गर्न बाँकी छ । 

उमेर विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाश पाएपछि लामो समय इजलास बस्न सकेको थिएन ।


प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पदमा बहाल भएपछि वरिष्ठताका आधारमा न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेलाई सदस्य तोकेर इजलास गठन गरेका थिए । न्यायाधीश कार्की विदेश भ्रमणमा रहेका कारण इजलास बस्न सकेको थिएन ।


एउटा प्रधानन्यायाधीशको अवकाश भई अर्को नियुक्त नहुँदासम्म वा इजलासका एक मात्र न्यायाधीश नहुँदा पनि संवैधानिक इजलास बस्न नसक्ने कानुनी व्यवस्था छ । कार्की स्वदेश फर्केपछि इजलास सुरु गरिएको हो ।


संवैधानिक इजलासले साताको दुई दिन मंगलबार र बुधबार सुनुवाइ गर्ने तय गरेको छ । प्रधानन्यायाधीशसहित इजलासमा रहेका न्यायाधीशले नियमित मुद्दासमेत सुनुवाइ गर्नुपर्ने भएकाले संवैधानिक मुद्दा हेर्न साताको दुई दिन तोकिएको हो ।


सर्वोच्चमा आएका संविधानसँग बाझिएका र गहन रूपमा छलफल गर्नुपर्ने मुद्दा संवैधानिक इजलासले हेर्ने व्यवस्था छ ।

प्रकाशित : कार्तिक २८, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?